Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट

    २ हजार ४४० संक्रमित थपिए, ११ सय ३३ डिस्चार्ज

    २ हजार ४४० संक्रमित थपिए, ११ सय ३३ डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, १९ असोज २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । नेपालमा आज थप २ हजार ४४० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।



    यस्तै बितेको २४ घण्टामा १ हजार १३३ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ ।



    यस्तै पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५५४ पुगेको छ।

    यसैबीच हिजाे आइतबार देशभर २ हजार २५३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार