Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • तस्करी भइरहेकाे १५ किलो गाँजा सशस्त्र प्रहरीद्वारा बरामद

    तस्करी भइरहेकाे १५ किलो गाँजा सशस्त्र प्रहरीद्वारा बरामद

    अनलाइन नेपाल
  • सोमबार, १९ असोज २०७७
  • 2.9K
    SHARES

    जनकपुरधाम । अबैध रुपमा भइरहेको तस्करी नियन्त्रण तथा रोकथामका लागि खटिएको बोर्डर आउटपोष्ट महिनाथपुरको टोलीले आइतबार बिशेष सूचनाको आधारमा १५ किलो गाँजा पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ ।

    धनुषाको बिदेह नगरपालिका वडा नम्बर १ ठाढीस्थित दशगजाबाट नेपालबाट भारत लग्दै गर्दा सो गाँजा पक्राउ गरेको हो । आइतबार दिउँसो करिब २ बजेको समयमा टाउकोमा बोकेर नेपालबाट भारत पार गर्नै लाग्दा ड्युटीमा खटेका सशस्त्र प्रहरीले रोक्न खोजेको थियो । रोक्ने भन्नै बित्तिकै गाँजाको पोका छाडेर भागेको इन्स्पेक्टर दिेलेन्द्र खत्रीले जानकारी दिए ।



    सशस्त्र प्रहरीले बुझाएको उक्त गाँजाको मूल्यांकन करिब २ लाख २५ हजार रुपैयाँ रहेको खत्रीले बताए । केही दिनअघि मात्रै सशस्त्र प्रहरी महिनाथपुरले बिदेह नगरपालिका वडा नम्बर २ गोवराहीस्थित दशगजाबाट नेपालबाट भारत निकासी गरी लग्दै गर्दा आधा किलो चाँदी पक्राउ गरी भन्सार बुझाएका थिए । साईकलको क्यारियरमा बोराको झोलामा राखेर लगिरहेको बेला बिशेष सूचनाको आधारमा पक्राउ गरेको थियो । उक्त चाँदीको मुल्याङ्कन ६० हजार ९ सय ४२ रुपैयाँ भन्सारले तोकेको थियो ।



    सशस्त्र र नेपाल प्रहरीको प्रत्यक्ष मिलोमतोमा धनुषाको बिभिन्न नाकाहरुबाट नेपालबाट भारत रक्सी, मटर, मरिच, स्याउ लगायतका समान ठूलो मात्रामा तस्करी हुने कार्य अझै पनि रोकिएको छैन । त्यस्तै भारतबाट लत्ताकपडा खानेतेल, चिनी, मलखाद, रजनीगन्ंधा, दुध पाउडर, चप्पल तथा हार्डवेयर लगायतका समान भित्रिने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार