Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ६३७ स्थानीय तहमा प्राविधिक शिक्षा, दक्ष जनशक्ति निर्माणमा मन्त्री पोखरेलकाे जाेड

    ६३७ स्थानीय तहमा प्राविधिक शिक्षा, दक्ष जनशक्ति निर्माणमा मन्त्री पोखरेलकाे जाेड

    अनलाइन नेपाल
  • शनिबार, १७ असोज २०७७
  • 2.9K
    SHARES

    महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण अहिलेको आवश्यकता रहेको औँल्याएका छन् ।

    आज महोत्तरीको बर्दिवासमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदेश नं २ स्तरीय शाखा कार्यालय उद्घाटन गर्दै मन्त्री पोखरेलले यस आवश्यकतालाई हृदयङ्ग गरेर सरकारले प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिएको बताए ।



    सरकारले मुलुकका सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु-याउने उद्घोष गरेअनुरुप हालसम्म ६३७ पालिकामा प्राविधिक शिक्षाको पठनपाठन थालिएको पोखरेलको भनाइ छ ।



    जीवनोपयोगी व्यवहारिक शिक्षा बढाउन अब जडीबुटी, आयुर्वेद, प्राकृतिक चिकित्सा र योगजस्ता विषय समावेश गरिएको मन्त्री पोखरेलले बताए। शिक्षाले ज्ञान, सीप दिनसँगै चरित्र निर्माण गर्ने उद्देश्य बोकेको हुनपर्ने पोखरेलको भनाइ छ ।

    पछिल्लो समय कोभिड–१९ सङ्क्रमण सन्त्रासले विद्यालय सञ्चालनमा ल्याउने अवस्था नरहेको हुँदा शिक्षकले विद्यार्थीसँग घरघरै सम्पर्क बढाएर वैकल्पिक सिकाइका अभ्यास गराउनुपर्ने पोखरेलले बताए ।

    बर्दिवासमा स्थापना भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदेश नं २ स्तरीय शाखा कार्यालयले यसै शैक्षिकसत्रदेखि नै चारवर्षे ब्याचलर इन होटल मेनेजमेन्टको पठनपाठन र प्रयोगात्मक अभ्यास शुरु गर्ने जनाएको छ ।

    यसका लागि कक्षा १२ मा कम्तीमा ‘डि प्लस’ अङ्क ल्याइ उत्तीर्ण गरेका छात्रछात्राले आवेदन गर्नसक्ने प्रतिष्ठानले स्पष्ट पारेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार