Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भट्टराई भन्छन् - चुनाव हारेकालाई व्यबस्थापन गरी ओलीले प्रतिगमनको लहर ल्याउन खोजे

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको गलत रवैयाले राज्य प्रणाली विघटन हुने र प्रतिगमनको लहर आउने खतरासमेत रहेको वताएका छन्।

भट्टराईले सरकारको ध्यान महामारी नियन्त्रणभन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्नतर्फ केन्द्रित भएको हुँदा प्रतिगमनको खतरा देखेको उल्लेख गरे ।

विभिन्न माग राख्दै अनशनमा रहेका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुलाई शनिबार भेट्दै भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

जनता समाजवादी पार्टीका नेतासमेत रहनुभएका पूर्वप्रधानमन्त्री भट्टराईले पार्टी र सर्वोच्च अदालतलेसमेत आफ्नो समय चुनाव हारेका व्यक्तिको व्यवस्थापनमा खेर फालेको आरोप लगाए ।

महामारीका कारण भोकै मरिरहेका जनतातिर सरकारले ध्यान दिन नसकेको उनले वताए ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार कर्मचारीहरु कोभिड-१९ को बाहाना देखाउँदै जागिरबाट निकालेको, राज्यले तोकेको सेवा-सुविधा नदिएको भन्दै तीन दिनदेखि रिले अनशनमा रहेका छन् ।

उनीहरुसँगको भेटमा डा. भट्टराईले कोभिड-१९ को महामारीका बेला सरकारले गर्नुपर्ने काममा सचेत गराउन श्रमजीवी पत्रकाहरुले ठूलो भूमिका खेलिरहेको वताए ।

सरकारलाई सचेत गराउन श्रमजीवी पत्रकारुले गरेको जस्तो मेहनत राजनीतिक दलहरुले गर्न नसकेकोमा आफू लज्जित रहेकोसमेत भट्टराईले वताए।

कोभिड-१९ लाई बाहाना देखाउँदै जबर्जस्ती निकालिएका कर्मचारीलाई निःशर्त पुनःबहाली गर्नुपर्ने, तोकिएको पारिश्रमिक दिनुपर्ने, जबर्जस्ती राजीनामा दिन बाध्य पारिएको, बदनियतपूर्ण सरुवा गर्ने निर्णयहरु खारेज गर्नुपर्ने माग राख्दै विभिन्न सञ्चारमाध्यममा कार्यरत् पत्रकारहरु आन्दोलित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077