Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अक्षयको ‘सौर्यवंशी’ दीपावलीमा पनि रिलिज नहुने

    अक्षयको ‘सौर्यवंशी’ दीपावलीमा पनि रिलिज नहुने

    अनलाइन नेपाल
  • शुक्रबार, १६ असोज २०७७
  • 3.1K
    SHARES

    एजेन्सी । अभिनेता अक्षय कुमार अभिनीत बहुप्रतिक्षित एक्सन फिचर चलचित्र ‘सौर्यवंशी’ दीपावलीमा रिलिज नहुने भएको छ । रिलायन्स इन्टरटेन्मेन्टका सीईओ शिवाशिश सरकारले यसबारे जानकारी दिएका हुन् ।

    निर्माण कम्पनी रिलायन्सले जुनमा ‘सौयवंशी’ दीपावलीमा रणवीर सिंहको ‘८३’ क्रिसमसमा रिलिज गर्ने घोषणा गरेको थियो । केन्द्रीय गृह मन्त्रालयले अक्टोबर १५ देखि थिएटर र मल्टिप्लेक्सहरु पुनः सञ्चालनमा ल्यान अनुमति पनि दिइसकेको छ । तर ५० प्रतिशत अकुपेन्सीमा खोल्नुपर्ने भएपछि सबै हल सञ्चालनमा आउन तयार नहुने भन्दै ‘सौर्यवंशी’ रिलिज नगर्ने निर्णय लिइएको हो ।



    मन्त्रालयको निर्णयप्रति सीईओ सरकार भन्छन्, “यो कुरा स्पष्ट छ कि, हामी दीपावलीमा कुनै पनि चलचित्र रिलिज गरिरहेका छैनौं । योभन्दा अन्य कुनै निर्णय लिइएको छैन ।



    अहिलेसम्म हेर्दा दीपावलीमा कुनै पनि चलचित्र रिलिज गर्न सम्भव छैन । १५ अक्टोबरदेखि नै सबै हल खुल्ने सम्भावना पनि छैन । यदि १ नोभेम्बरदेखि खुले पनि १०-१५ दिनको नोटिसमा कसरी चलचित्र रिलिज गर्न सक्छौं ?”

    चलचित्र रिलिजको नयाँ मिति तय गर्न अझै बाँकी रहेको पनि उनले बताएका छन् । यी दुवै चलचित्रको रिलिज मिति हेरफेर गर्ने वा एउटा चलचित्रको मात्रै गर्ने भन्‍ने निर्णय लिइनसकेको भन्दै डिसेम्बरदेखि मार्च चलचित्र रिलिजको लागि सही समय भएको पनि सरकारले बताए ।

    रोहित शेट्टी निर्देशित ‘सौर्यवंशी’ मार्च २४ मा र कबिर खान निर्देशित ‘८३’ अप्रिल १० मा रिलिज तोकिएको थियो । यद्यपि कोरोना महामारीका कारण दुवै चलचित्रको रिलिज स्थगित भयो । -इन्डियन एक्सप्रेस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार