Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठककाे निर्णय : एकजना व्यक्ति १२ देशका लागि राजदूतमा सिफारिस

काठमाडौं । मन्त्रिपरिषद् बैठकले एकजना ब्यक्तिलाई १२ देशको राजदूतमा सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कपिलबस्तुका डा.निर्मलकुमार विश्वकर्मालाई १२ देशको राजदूतका लागि सिफारिस गरेकाे हाे ।

बिहिबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले उनलाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत एवम् बोत्स्वाना, केन्या, ल्यसुथु, कंगो, तान्जानिया, जाम्बिया, जिम्वावे, ग्यावोन, मोजाम्विक, मौरिसस र सिसेल्सका लागि गैरआवासीय राजदूत नियुक्तिका लागि सिफारिस गरिएको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

पार्टीसँग कुनै समन्वय नगरी राजदूत नियुक्त गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077