Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • असईको परीक्षा लिइरहेका नक्कली इन्सपेक्टर पक्राउ

    असईको परीक्षा लिइरहेका नक्कली इन्सपेक्टर पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ असोज २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । असईको परीक्षा लिइरहेका नक्कली इन्सपेक्टर पक्राउ परेका छन्। आफु नेपाल प्रहरीको इन्सपेक्टर भएको भन्दै यूनफिर्म समेत लगाएर हिड्ने र ठगी गर्ने बारा जितपुर सिमरा उपमहानगरपालिका-७ चौधरी टोलका २९ वर्षीय अजयकुमार राय पक्राउ परेका हुन् ।

    पर्सा प्रहरीले बुधबार रायलाई यूनफिर्म लगाएकै अवस्थामा पक्राउ गरेको हो। उनले ९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टर भन्दै ठगी गर्दै आएको पर्साकी एसपी गंगा पन्तले बताइन् ।



    बुधबार भने वीरगन्ज–१६ को देव पार्टी प्यालेसमा उनी प्रहरी सहायक निरीक्षक र राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा चलाउँदै थिए।



    उनले परीक्षामा बारा, पर्सा र सर्लाहीका २१ जना परीक्षार्थीलाई परीक्षामा संलग्न गराएका थिए। प्रहरी उपरीक्षक पन्तका अनुसार यी परीक्षार्थीलाई भर्ना गरिदिने भन्दै उनले ठग्न खोजेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार