Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सरकारविरुद्ध मौन रहेको पौडेल–कोइराला समूह पार्टीभित्र बबाल गर्दै

    सरकारविरुद्ध मौन रहेको पौडेल–कोइराला समूह पार्टीभित्र बबाल गर्दै

    अनलाइन नेपाल
  • बिहिबार, १५ असोज २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी, अराजकता, बलात्कार, बेथितका चाङ् लागेका छन् । सरकारसँग जनताले अपेक्षा गर्नै छडेका छन् । प्रधानमन्त्री केपी ओलीसँग जनताको मन भाँच्चिएको छ । सरकारका मन्त्रीहरू निकम्मा भएका छन् ।

    नेकपाका सांसद, नेताहरू जनताको सानो अपेक्षा पनि पूरा गर्ने पक्षमा छैनन् । देश भयाबह अवस्थामा पुगेको छ । कोरोना महामारीले जनता घरभित्र लुकेर बस्न बाध्य छन् । समुदायमा कोरोना फैलिएको छ । काठमाडौं उपत्यका भयाबह अवस्थामा जाँदै छ । जिल्लाहरूमा पनि त्यस्तै अवस्था भइरहेको छ ।



    यस्तो अवस्थामा जनताले नेपाली कांग्रेसको भूमिका खोजेका छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारलाई दवाव दिएर सहि ठाउँमा ल्याओस् भन्ने पक्षमा जनता छन् । तर, कांग्रेसका नेताहरूलाई आफैभित्र लड्न भ्याइनभ्याइ भएको छ । महामन्त्री डा.शशांक कोइराला, नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतका नेताहरू पार्टीभित्र सहमति खोज्नेभन्दा पनि विवाद खडा गरेर सरकारलाई सजिलो बनाइदिएका छन् ।



    कोरोना महामारीका बेला सरकारलाई कांग्रेसले दवाव दिएर जनताको जीवन रक्षा गर्नुपर्ने थियो । तर, कांग्रेसले जिम्मेवारीअनुसार काम गर्न सकेको छैन । पौडेल–कोइराला समूह कोरोना महामारीका बेला आफ्नो रोटी सेकाउन लागेको छ ।

    जनता मरे पनि पौडेल–कोइराला समूहलाई केही मतलव छैन । कोइराला–पौडेल समूहले सभापति शेरबहादुर देउवालाई दवाव दिएर ओली सरकारविरुद्ध आन्दोलनको आँधिबेहरी सिर्जना गर्नुपर्ने थियो । तर, सरकारलाई दवाव दिनेभन्दा पनि देउवाको खेदो खन्नमै कोइराला–पौडेल समूह सक्रिय भएका छन् ।

    कोरोना महामारीका बेला देउवालाई दवाव दिएर कांग्रेसको नेतृत्व हत्याउने योजनामा पौडेल–कोइराला समूह छन् । देउवा पनि उनीहरूको योजनासँग जानकार छन् । यस्तो अवस्थामा महाधिवेशन हुन सक्दैन । त्यही कुरा बुझेर कृष्णप्रसाद सिटौलाले पौडेल–कोइराला समूहलाई साथ दिएनन् । उनले देउवालाई नै दवाव दिएर अगाडि बढ्ने योजना बनाएका छन् ।

    सभापति देउवाका पनि धेरै कमजोरीहरू छन् । सरकारविरुद्ध आन्दोलनको घोषणा गर्नुपर्ने थियो । तर, देउवाले ओलीलाई साथ दिइरहेका छन् । संसदको बैठक बोलाउन दवाव दिन कांग्रेसले सकेको छैन । सरकारविरुद्ध कोरोना महामारीबाट जनताको जीवन बचाउने, भ्रष्टाचार, महँगविरुद्ध आवाज उठाउने ठाउँ संसद हुने थियो । त्यसलाई पनि कांग्रेसले प्रयोग गर्न सकेको छैन ।

    नेपाली कांग्रेसले अब छिटोभन्दा छिटो संसद बोलाउन लगाएर सरकारविरुद्ध मोर्चा बलियो बनाउनुपर्नेमा त्यसो गर्न सकेको छैन  । सभापति देउवाले अबको केन्द्रीय कार्यसमितिको बैठकमा सरकारविरुद्धको एजेण्डा अगाडि बढाउनुपर्ने कांग्रेसका एक नेता वताउँछन्।

    देउवाले पौडेल–कोइराला समूहको व्यक्तिगत स्वार्थको रणनीतिलाई पराजित गर्न सरकारविरुद्धका कार्यक्रम अगाडि बढाउनुपर्ने कार्यकर्ताहरु नै वताउँछन्।
    सरकारविरुद्ध मिलेर आन्दोलन गर्ने बेला पौडेल–कोइराला समूह आफ्नै सभापति देउवाविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

    सधैभरि ६०–४० को भाग लिएको पौडेल–कोइराला समूह आफूलाई असर पर्ने भएपछि देउवालाई गाली गरेर बस्ने गरेका छन् । नेविसंघ, तरुण दल, मन्त्री बनाउने बेला ६०–४० मा भाग लिने पौडेल–कोइराला समूहले अहिलेसम्म नेविसंघ र तरुण दलका पदाधिकारी र सदस्यहरूको नाम दिएका छैनन् ।

    फागुनमा १४औँ महाधिवेशन नहुने संभावना व्यापक छ । सभापति देउवाले ६०–४० अनुसार सबै विभागहरू मनोनय गरेर अगाडि बढ्नुपर्ने अवस्था छ । आफ्नो भागमा परेका ६० प्रतिशत मनोनीत गर्ने, ४० प्रतिशत पौडेल–कोइराला समूहलाई छाडेर अगाडि बढ्नु पर्नेछ ।

    कांग्रेस नेतृ सुजाता कोइरालाले आफूलाई धोका दिएर देउवाविरुद्धको ज्ञापन पत्रमा हस्ताक्षर गराएको बताउँदै गर्दा पौडेल–कोइराला समूह विवादमा छ भन्ने कुरा स्पष्ट भइसकेको छ ।( यूनाइटेड पोस्ट साप्ताहिक )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार