Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भ्रष्टाचार काण्ड उजागर गर्नेलाई उल्टै स्पष्टीकरण सोधिएकोमा कांग्रेसको आपत्ति

    भ्रष्टाचार काण्ड उजागर गर्नेलाई उल्टै स्पष्टीकरण सोधिएकोमा कांग्रेसको आपत्ति

    अनलाइन नेपाल
  • बुधबार, १४ असोज २०७७
  • 2.8K
    SHARES

    पोखरा । पोखरा महानगरपालिकामा भएको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासनप्रति चिन्ता व्यक्त गर्दै नेपाली काँग्रेस पोखरा महानगर नगर समितिले मेयरलाई ज्ञापनपत्र बुझाएको छ ।

    नगर समितितर्फबाट सभापति बजिरमान श्रेष्ठले मेयर मानबहादुर जिसीलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । यसअघि पनि प्रतिपक्ष दलका सुझाव र काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले गरेको ध्यानाकर्षणप्रति महानगर मौन बसेको भन्दै पुनः ज्ञापनपत्र बुझाइएको श्रेष्ठले जानकारी दिए ।



    ज्ञापनपत्रमा राजस्व शाखाका तत्कालीन प्रमुखबाट आर्थिक अनियमितता भएको विषय उजागर गर्ने स्पष्ट र इमान्दार लेखा प्रमुखलाई उल्टै स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाउँदै आर्थिक अनियमितताको पनि उजागर हुने डरले अहिले लेखाप्रमुखलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिनु निन्दनीय भएको उल्लेख छ ।



    यसैगरी, महानगरपालिकामा कर्मचारीहरुको व्यवस्थापन, योग्यता र क्षमताका आधारमा नभई राजनैतिक  आस्था आधारमा गरिएकोप्रति नगरको ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ ।

    महानगरमा अस्थायी तथा करारमा भर्ना भएका प्राविधिक तथा अन्य कर्मचारीहरु विभिन्न शाखामा प्रमुखको जिम्मेवारीमा नै कार्यरत रहेको र अर्काेतिर आस्थाकै आधारमा स्थायी तथा वरिष्ठ कर्मचारीहरुलाई जिम्मेवारीबाट पन्छाउने गरिएको भन्दै निन्दा गरिएको छ ।

    यसैगरी, हालै महानगरका विभिन्न ठाउँमा भएका दैवीप्रकोपको घटनाका पीडितलाई उचित सम्बोधन गर्न नसकेको र मृतक परिवारलाई अनुरुप राहत उपलब्ध नगराएको भन्दै तत्काल राहत दिलाउन माग गरिएको छ ।

    वर्षाका कारण नगरका सडक भत्किएको र खाल्डाखुल्डी परेकोले तत्काल मर्मत गर्न आग्रह गरिएको छ ।  यसअघि, काँग्रेसतर्फबाट निर्वाचित ११ वडा अध्यक्षहरुले महानगरपालिकामा भइरहेको पछिल्लो गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार