Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : हैदराबादसँग दिल्ली पराजित

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराईजर्स हैदराबादसँग दिल्ली क्यापिटल्स १५ रनले पराजित भएको छ । युएईको अबुधावीमा आज भएको खेलमा

हैदराबादले १५ रनको जित निकालेको हो । जारी सिजनमा यो हैदराबादको पहिलो जित हो भने दिल्लीको पहिलो हार ।

टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनाएको थियो।

हैदरावादले दिएको १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो।

हैदराबादका लागि जोन्नी बेयरस्टोले सर्वाधिक ५३ रन बनाएका थिए। कप्तान डेभिड वार्नरले ४५ रन जोडेभने केन विलिमसनले ४१ रन बनाउँदा अब्दुल समद १३ रनमा अभिजित रहे।

दिल्लीका लागि अमित मिश्रा र कागिसो रबाडाले समान २ विकेट लिए।

दिल्लीलाई लक्ष्य सम्म पुग्न नदिन राशिद खानले तीन विकेट लिँदा भुवनेश्वर कुमारले २ विकेट तथा खालिल अहमेद र टी नटराजनले १र१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077