Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : बेङ्ग्लोरले मुम्बइलाई दियो २ सय २ रनको लक्ष्य

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज भएको खेलमा  रोयल च्यालेन्जर्स बेङ्ग्लोरले मुम्बइ इण्डियन्सलाई २०२ रनको लक्ष्य दिएको छ ।

ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन जोडेको छ ।  बेङ्ग्लोरका एबि डि भिलियर्सले सर्वाधिक अभिजित ५५ रन जोडे भने

देबदत्त पार्डिकलले ५४ रन र आरोन फिन्सले ५२ रन जोडेका छन्। । त्यस्तै शिभम् दुबे २७ रनमा अभिजित रहे।

कप्तान बिराट कोहलीले आज राम्रो खेल्न सकेनन्।  ११ बलमा ३ रन जोड्दै कोहली आउट भए।  मुम्बइका  ट्रेन्ट बोल्टले सर्वाधिक २ विकेट लिएका छन् । त्यस्तै, राहुल चाहरले १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077