Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • बलात्कारका घटनामा मिलापत्र गराउनु जघन्य अपराध हाे, कडा कारवाही हुन्छ : गृहमन्त्री थापा

    बलात्कारका घटनामा मिलापत्र गराउनु जघन्य अपराध हाे, कडा कारवाही हुन्छ : गृहमन्त्री थापा

    अनलाइन नेपाल
  • सोमबार, १२ असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठुलो अपराध भएको बताएका छन् ।

    बलात्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन पुगेका अखिल नेपाल महिला संघ (अनेमसंघ)का प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिमण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठुलो अपराध भएको टिप्पणी गरे ।



    साथै उनले बलात्कारका घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरुलाई पनि मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई आफुले निर्देशन दिइसकेको बताएका छन् ।



    उनले यस्तो मिलापत्र गराउनेहरुलाई कारवाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै आवश्यक परे थप कडा कारवाहीको प्रावधान राख्न कानुन संशोधन गरिने बताए । उनले बलात्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै यस्ता घटना रोक्न सरकार संवेदनशिल र गम्भिर रहेको बताए ।

    सो क्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्ला दिनमा भएका बलत्कारका घटनामा संलग्न अधिकांश आरोपीहरु प्रहरीले पक्राउ गरिसकेको जानकारी दिँदै मिलाउपत्र गराउने कार्यमा संलग्न समेतलाई कारवाही अघि बढाइएको बताए ।

    पनपत्र बुझाउँदै अनेमसंघका संयोजक अमृता थापाले पछिल्ला दिनहरुमा महिला हिंसा र बलत्कारका घटना बढेको भन्दै त्यस्ता घटनामा संलग्नलाई कारवाही, पीडितलाई उपचार, सुरक्षा र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग राखिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार