Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • १२ लाख रूपैयाँमा बलात्कारकाे मुद्दा मिलाउन खोज्ने पक्राउ

    १२ लाख रूपैयाँमा बलात्कारकाे मुद्दा मिलाउन खोज्ने पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ असोज २०७७
  • 4.6K
    SHARES

    काठमाडौं । सामूहिक बलात्कारकाे घटना आर्थिक लेनदेनमा मिलाउन खाज्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा धनुषाको धुनषाधाम नगरपालिका–२ का ५५ वर्षीय सत्यनारायण यादव छन् । उनी सामूहिक बलात्कारमा संलग्न आरोपीका बुवा हुन् ।



    भदौ १ मा धनुषाको धनुषाधाम नगरपालिका–२ धरमपुरस्थित सुकन यादवको धानखेतमा १२ बर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । किशारीलाई चारजनाले बलात्कार गरेकाे प्रहरीले जनाएकाे छ ।



    बलात्कारमा संलग्न धुनषाधाम–२ धरमपुरका १९ वर्षीय विजयकुमार यादव र २० वर्षीय प्रतापसिंह अदालतको आदेशले पुर्पक्षका लागी सिन्धुली कारागारमा छन् । तर, बलात्कारमा संलग्न फरार आरोपी २६ वर्षीय श्यामसुन्दर यादव उर्फ बन्ठाका बावु सत्यनारायण यादवले पीडित परिवारलाई ‘१२ लाख’ मा मिलापत्र गर्न दवाव दिए ।

    गाउँमा छलफल गरेर ‘बलात्कार मिलापत्र’ गरेको प्रचार गरेपछि सत्यनारायण यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार