Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने ६ जना पक्राउ

    चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने ६ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । नेपाली कांग्रेसका युवा नेता कुन्दन काफ्लेको नेतृत्वमा सोमबार बिहान हुम्लामा भएको चिनियाँ अतिक्रमण विरुद्ध दूतावास अगाडि प्रदर्शन भएको हाे।

    चिनियाँ दुतावास अघि निषेधित क्षेत्रमै यूवा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। पछिल्लो समय हुम्लामा नेपाली भूमि अतिक्रमण गरेर चीनले भवनहरु बनाएपछि युवाहरु आन्दोलित भएका हुन् । उक्त प्रदर्शनमा नेविसंघका पूर्व केन्द्रीय सदस्य पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी, गोपी शिवाकोटी लगायत दर्जनौं युवाहरु सहभागी भएका थिए ।



    उक्त प्रदर्शनका क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, बिन्दा बोगटी, अर्वत खड्का, दिपेन्द्र खड्का हुन् । पक्राउ परेका त्रिपाठी लिम्पियाधुरालाई नेपाली नक्सामा समेट्न माग गर्दै देशव्यापी विद्यालय तथा सार्वजनिक स्थलहरुमा अभियान चलाउने अभियन्ता हुन् ।



    काफ्लेले कुनै पनि देशले गरेको अतिक्रमण नेपालीहरुले सहन नसक्ने बताएका छन् । उनले स्थानीय जनता र जनप्रतिनिधिले सो भूमि केही वर्षअघिसम्म नेपालीले उपयोग गरे पनि हाल आएर चीनले हस्तक्षेप गरेको बताउँदा बताउँदै सरकारले फरक प्रतिक्रिया जनाएकाले सरकारको पनि विरोध गरिएको बताए ।

    सरकारले हतारहतार अस्वभाविक रुपमा आफ्नो टिप्पणी जनाएकोप्रति गम्भीर षड्यन्त्र हुन सक्ने काफ्लेको भनाई छ ।लिमीका वडाध्यक्ष पाल्जोर तामाङले डेढ किलोमिटर यता आएर चिनियाँले भवन बनाए पनि सरकारले वास्ता नगरेको बताए।

    हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हाे।नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छन्। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तिब्र गतिमा भइरहेकाे छ।उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार