Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेटवर्किङ व्यवसायमा संलग्न ६० जनालाई पक्राउ गर्न सीआईबीमा पत्र

    नेटवर्किङ व्यवसायमा संलग्न ६० जनालाई पक्राउ गर्न सीआईबीमा पत्र

    अनलाइन नेपाल
  • सोमबार, १२ असोज २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रतिबन्धित नेटवर्किङ व्यवसाय गरिरहेका चार दर्जन कम्पनी तथा व्यक्तिलाई पक्राउ गरिदिन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्र पठाएको छ । ठगी गरिरहेका केही व्यक्ति विदेशमा समेत रहेको जानकारी पाएपछि विभागले गत बिहीबार सीआईबीको पनि सहयोग मागेको हो ।

    वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन–२०७४ तथा नियमावली–२०७६ ले पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । तर बजारमा कारोबार गर्नेहरू छ्यापछ्याप्ती छन् । प्रतिबन्धित नेटवर्किङबारे विभागमा दर्जनौं उजुरी परिसकेका छन् । ऐनको दफा ३९ मा अनुसन्धान र दायराको सन्दर्भमा सजाय र कसुर हुनेसम्बन्धी मुद्दाको अनुसन्धान निरीक्षण अधिकृतले गर्ने भनिएको छ ।



    सेढाईंका अनुसार प्रहरीले व्यक्तिलाई समातेर विभागलाई सहयोग गर्छ । पत्रमा चार दर्जनभन्दा बढी कम्पनी र व्यक्तिको नाम छ । विभागको चिठी सीआईबीमा शुक्रबार नै दर्ता भइसकेको स्रोतले जनाएको छ । प्रतिबिन्धत नेटवर्किङ धन्दा पुनः मौलाएको उजुरी परेपछि विभागले सचेत हुन विज्ञप्तिसमेत जारी गरेको छ । प्रतिबन्धित नेटवर्किङ व्यवसायको जालो सक्रिय रहेको र नेपाली एवं विदेशी कम्पनीले पिरामिड शैलीको धन्दा चलाएर ठगी गरी पुँजी पलायन गरिरहेको उजुरी परेको थियो ।



    त्यसपछि विभागले विज्ञप्ति जारी गर्दै वस्तुको प्रत्यक्ष बिक्रीका नाममा गैरकानुनी रूपले नेटवर्किङ शैलीमा व्यवसाय गरी नेपाल तथा विदेशमा रहेका नेपालीलाई त्यसमा आबद्ध गरी ठगी गरेको तथा पुँजी पलायन गरेकोमा गम्भीर ध्यानाकर्षण भएको बताएको थियो ।सभार कान्तिपुर दैनिकबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार