Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आइपीएल क्रिकेटमा राजस्थान रोयल्स र किङ्स–११ भिड्दै

    आइपीएल क्रिकेटमा राजस्थान रोयल्स र किङ्स–११ भिड्दै

    अनलाइन नेपाल
  • आइतबार, ११ असोज २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । १३ औँ इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आजको खेलमा राजस्थान रोयल्सले किङ्स–११ पञ्जाबविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।

    युएईको शारजँहामा शुरु हुन लागेको खेलमा राजस्थान रोयल्स स्टीभ स्मिथको कप्तानीमा रहेको छ भने पञ्जाब टिमलाई लोकेश राहुलले कप्तानी गरेका छन् ।



    यसअघि राजस्थान र पञ्जाबबीच भएका पछिल्ला पाँच खेलमा पञ्जाबले चार खेल जितेको छ । राजस्थानले एक खेल मात्र जितेको छ ।



    आईपीएलमा यो पञ्जाब तेस्रोपटक खेल्दैछ भने राजस्थानको दोस्रोपटक खेल्दैछ । पहिलो खेलमा दिल्ली क्यापिटल्स्‌सँग पराजित भएको पञ्जाबले दोस्रो खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरलाई पराजित गरेको थियो ।

    यता राजस्थानले पहिलो खेलमा जीत हासिल गरेको थियो । राजस्थानले चेन्नई सुपर किङ्सलाई पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार