Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर कोइराला भने- कांग्रेसले भागबण्डा खोज्ने होइन, सरकारलाई दबाब दिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारलाई दबाब दिनुपर्ने बताएका छन्। उनले पार्टीले संवैधानिक आयोगमा भागबण्डा खोज्नुभन्दा संवैधानिक परिषद्को पूर्णतामा दबाब दिनुपर्ने बताए।

पछिल्लो समय कांग्रेसले भागबण्डा खोजेकै कारण संवैधानिक नियुक्तिहरु हुन सकिरहेको छैन । सोही विषयलाई लक्षित गर्दै कांग्रेस नेता कोइरालाले परिषद् सदस्यसमेत रहेको उपसभामुख पद लामोसमयसम्म रिक्त हुँदा पनि पार्टीको पार्टीको मौनताप्रति प्रश्न उठाएका छन्।

उनले आज ट्वीट गर्दै भनेका छन्, ‘परिषद् सदस्यसमेत रहेको उपसभामुखको पद यति लामो समयसम्म रिक्त रहँदा प्रतिपक्ष, बुद्धिजीवी र कानुन व्यवसायी किन मौन?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077