Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राष्ट्रसंघ महासभामा पाकिस्तानी प्रधानमन्त्रीले भारतीय ‘हेपाह प्रवृत्ति’को कुरा उठाएपछि

    राष्ट्रसंघ महासभामा पाकिस्तानी प्रधानमन्त्रीले भारतीय ‘हेपाह प्रवृत्ति’को कुरा उठाएपछि

    अनलाइन नेपाल
  • शनिबार, १० असोज २०७७
  • 3.5K
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्रसङ्घको महासभामा भारत र पाकिस्तानबीच फेरि जम्मू-कश्मीर र आतङ्कवादको विषयमा विवाद भएको छ।

    पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रवारको बैठकमा सम्बोधन गर्दै ती विषय उठाएपछि राष्ट्रसङ्घका भारतीय प्रतिनिधिले प्रत्युत्तर दिएका छन्।



    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार महासभामा सम्बोधन गर्ने कार्यक्रम छ।



    शुक्रवार खानले पहिलै रेकर्ड गरिएको भाषणमा जम्मू-कश्मीर विवाद, अल्पसङ्ख्यकहरूसँग हुने व्यवहार र भारतको सत्तारूढ दल भाजपासँग सम्बन्धित सङ्गठन आरएसएसको विषय उठाउँदै भारतको आलोचना गरेका थिए।

    उनले भारतले कश्मीरमा मानवाधिकार हनन गरेको र सैन्य दमन गरेको आरोप लगाए। त्यसपछि भारतीय राजदूतले पाकिस्तानले लगाएका आरोपको खण्डन गर्दै उल्टै पाकिस्तानले आतङ्कवादलाई प्रोत्साहन गरेको र आफ्नो देशका अल्पसङ्ख्यक समुदाय र अन्य सम्प्रदायका मुस्लिमसँग अत्याचार गरेको दोषारोपण गरे।

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरको विषय उठाउँदै भने, ‘जम्मू र कश्मीरको विवाद अन्तर्राष्ट्रिय वैधताका आधारमा समाधान नभएसम्म दक्षिण एशियामा शान्ति र स्थायित्व हुँदैन। सुरक्षा परिषद्ले यो डरलाग्दो विवाद रोक्नुपर्छ तथा ईस्ट टिमोरमा जसरी नै आफ्नो प्रस्ताव कार्यान्वयन गर्नुपर्छ। म स्पष्ट पार्न चाहन्छु कि फासीवादी, अधिनायकवादी, आरएसएसको नेतृत्व भएको सरकार यदि पाकिस्तानसँग आक्रामक हुने प्रयास गर्‍यो भने उसले एउटा यस्तो देशसँग भिड्नुपर्नेछ जसले आफ्नो स्वतन्त्रताका लागि अन्तिम समयसम्म सङ्घर्ष गर्नेछ,’ उनले भने।

    खानले जम्मू-कश्मीरमा भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयको पनि आलोचना गरे। उनले भारतको राष्ट्रिय स्वयंसेवक दल अर्थात् आरएसएसका संस्थापकहरू नाजीबाट प्रेरित भएको आरोप लगाउँदै आरएसएसले मुस्लिम र इसाईँहरूलाई निसाना बनाउने गरेको दाबी गरे।इमरान खानको भनाइको भारतले कडा प्रतिवाद गरेको छ।

    इमरान खानको भाषणको बेला भारतीय मिशनका प्रथम सचिव मिजितो विनितो महासभा छोडेर बाहिरिएका थिए। (बिबिसी)

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार