Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चीनले सीमा मिच्दा सिडियोमाथि स्पष्टीकरण सोध्नुले गम्भिर शंका उब्जायो : काँग्रेस

    चीनले सीमा मिच्दा सिडियोमाथि स्पष्टीकरण सोध्नुले गम्भिर शंका उब्जायो : काँग्रेस

    अनलाइन नेपाल
  • शुक्रबार, ९ असोज २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल  नेपाली काँग्रेसले हुम्लामा चीनले  सीमा मिचेको बारेमा नेपाल–चीन सीमा अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

    काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा  अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएकोप्रति गम्भीर ध्यानाकर्षण जनाइएको छ ।



    काँग्रेसले स्थलगत भ्रमणको अध्ययन टोली सदरमुकाम सिमिकोट फर्किएपछि स्थानीय प्रशासनले दिएको विवरणको आधारमा संघीय सरकारले सीमासम्बन्धी वास्तविक विवरण सार्वजनिक नगर्नुलाई रहस्यमय मानिएको जनाएको छ ।



    परराष्ट्र मन्त्रालयले हतारमा सहायक प्रजिअलाई स्पष्टीकरण सोध्नु र स्थलगत अध्ययनको विवरण सार्वजनिक गर्न ढिलाई गर्नुले थप शंका उब्जाएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। ।

    विज्ञप्तिमा भनिएको छ, नेपालको सार्वभौमिकता र सीमा सम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा वास्तविकता सार्वजनिक गर्न गरिएको विलम्वले सरकारको नियत माथि गम्भीर प्रश्न खडा भएको छ । अविलम्व वास्तविक विवरण सार्वजनिक गरेर नेपाली जनतालाई सुसूचित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’

    लिमी उपत्यकामा चिनियाँ पक्षले नेपाली भूमि अतिक्रमण गरेको केही दिन अघि सार्वजनिक भएको थियो।

    त्यसपछि निरिक्षण गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली गएको थियो । टोलीको रिपोर्ट नआउँदै सरकारले चीनले नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार