Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गाउँपालिका अध्यक्ष खड्का पुर्पक्षका लागि कारागार चलान

    गाउँपालिका अध्यक्ष खड्का पुर्पक्षका लागि कारागार चलान

    अनलाइन नेपाल
  • शुक्रबार, ९ असोज २०७७
  • 2.8K
    SHARES

    रामेछाप । जिल्ला अदालत रामेछापले बलात्कार आरोपमा पक्राउ परेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे छ ।

    शरीर बन्दक, बलात्कार र ठगीको आरोपमा एक महिना अघि पक्राउ परेका खडकामाथि आज भएकाे थुनछेकको बहस पछि अदालतले पुर्पक्षको लागि कारागारमा राख्न आदेश दिएकाे हाे ।



    गाउँपालिकाका अध्यक्ष गोविन्द खडकामाथी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दर्पण तामाङलाई शरीर बन्दक तथा अपहरण, गाउँपालिका एक स्थानीयकाे जग्गा ठगी र एक युवतीलाई दस महिना अघि बलात्कार गरेको आरोप लगाइएकाे छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार