Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने तयारी

    हप्तामा दुई दिन सार्वजनिक बिदा दिने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, ८ असोज २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार पारेकाे छ ।

    पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बिहीबार बसेको उच्चस्तरीय बैठकले आन्तरिक पर्यटन प्रवर्धनका लागि हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रीपरिषद्मा पेश गर्ने निर्णय गरेको हो ।



    अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारेपछि मन्त्रिपरिषदमा पेश गर्ने निर्णय भएको हो । पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखा प्रमुख प्रदिपकुमार कोइरालाको संयोजकत्वमा, पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति गठन गरिएको छ ।



    जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरुलाई समेत समावेश गरी अध्ययन प्रतिवेदन तयार गरिने छ । मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्धनका लागि दुई दिन बिदा दिने, भ्रमण भत्ता दिनका लागि अध्ययन गर्ने, देशभित्र तथा बाहिरको अभ्यासका बारेमा समेत अध्ययन गरी अध्ययन प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ ।

    त्यस्तै बैठकले पशुपति मन्दिर लुिम्बनी, संग्रहालय खोल्ने सम्बन्धमा प्रोटोकल तयार गरी कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) मा पेश गर्ने निर्णय समेत गरेको छ । बैठकले, बंगलादेश, इन्डोनेसिया, रसिया, कोरिया फिनल्याडसँग भएको हवाई सम्झौताहरु असोजभित्र तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने निर्णय पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार