Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • निर्माता संघका अध्यक्ष अधिकारीले गरे नयाँ फिल्मको घोषणा

    निर्माता संघका अध्यक्ष अधिकारीले गरे नयाँ फिल्मको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ८ असोज २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । निर्देशक आकाश अधिकारीले नयाँ फिल्म निर्माणको घोषणा गर्दै केही कलाकारलाइ अनुबन्धित गराएका छन् ।

    उनले बिहीबार सामाजिक सञ्जालमार्फत फिल्म निर्माणको घोषणा गर्दै केही कलाकार समेत तय गरेको बताएका हुन् ।



    यद्यपि फिल्मको नाम भने अझै सार्वजनिक गरिएको छैन । चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका अधिकारीले निर्देशन गर्ने फिल्ममा कलाकार शिव श्रेष्ठ, सौगात मल्ल, रविन्द्र झा, सुनिल कटुवाल लगायतको अभिनय रहनेछ ।



    फिल्मको कथा अधिकारी आफैले लेखेका हुन् । उनका अनुसार फिल्म सस्पेन्स थ्रीलर जानरामा निर्माण हुनेछ । द स्काई मुभिजको ब्यानरमा निर्माण हुने यो फिल्मको पटकथा विजय उप्रेती, विजय प्रकाश श्रेष्ठ र सजल लोप्चनले तयार पारेका छन् ।

    यस्तै फिल्ममा आफ्नो समेत अभिनय रहने निर्देशक अधिकारीले जनाएका छन् । फिलान जवराज कृष्ण थापाको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार