Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बुटवलमा ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

    बुटवलमा ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ८ असोज २०७७
  • 1.7K
    SHARES

    बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

    कपिलवस्तु-११ बनगाईकी ७० वर्षीया महिलाको बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।



    असोज ३ गते अस्पताल आएकी ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालमा उपचारमा राखिएको थियो । स्थिति जटिल बनेपछि बिहीबार बिहान ती महिलालाई भेन्टिलेटरमा सारिएकोमा साँझ साढे ५ बजे मृत्यु भएको हो ।



    अस्पतालका फोकल पर्सन डा थापाका अनुसार मृतक महिलामा दम, मिर्गौला र रगतमा खराबी थियो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार