Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा ७५५ कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ७५५ कोरोना संक्रमित थपिए

    अनलाइन नेपाल
  • बिहिबार, ८ असोज २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ।

    पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।



    आज ४५७ जना निको भएका छन्। हालसम्म ५० हजार ४११ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।



    नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेकाे मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार