Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एसपी र डिएसपीमाथि  कारवाही सिफारिस

    एसपी र डिएसपीमाथि  कारवाही सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, ८ असोज २०७७
  • 3.9K
    SHARES

    काठमाडौं ।  रौतहटको गरुडा नगरपालिका–१९ जगडियाका दलित युवा विजयराम चमारको ‘शंकास्पद मृत्यु’ प्रकरण छानविन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा एसपी र डिएसपीसहितका प्रहरीमाथि  कारवाही सिफारिस गरिएको छ। ।
    ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका प्रमुख (उप–सचिव) दोरेन्द्र निरौला नेतृत्वको छानविन समितिले एसपी रविराज खड्कासहितका प्रहरीलाई कारवाही गर्न सिफारिस गरेको छ ।
    छानविन समितिको सिफारिसका आधारमा एसपी खड्का र डिएसपी ज्ञानकुमार महतोलाई कारवाही गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । प्रवक्ता चक्रबहादुर बुढाका अनुसार प्रतिवेदनमा उल्लेख भएअनुसार प्रहरी नियमावलीअनुसार एसपी, डिएसपी र अन्य प्रहरी कर्मचारीलाई कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाइएको छ ।
    रौतहटका तत्कालिन एसपी खड्का र गरुडाका डिएसपी महतोलाई जिम्मेवारीबाट हटाइएको छ । विजयरामलाई हिरासतमा यातना दिने जिल्ला प्रहरी कार्यालयका रौतहटका इन्सपेक्टर नविनकुमार सिंह, हवल्दार मुन्नासिंह र धिरोज मियाँ धुनियाँलाई यसअघि नै निलम्बन गरिएको थियो ।
    घटनामा संलग्न प्रहरी जवानहरु रुपेश कुश्वाहा र अजय यादव लाई विभागीय कारवाहीको सिफारिस गरिएको छ । सो घटनामा सरकारी वकिल कार्यालयमार्फत जाहेरी समेत दर्ता भइसकेको छ । तर,प्रहरीले अनुसन्धान प्रक्रियामा चासो दिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार