Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सामाजिक सञ्जाल इमोमा २५ लाखको चिट्ठा परेको छ भन्दै ठगी गर्ने पक्राउ

    सामाजिक सञ्जाल इमोमा २५ लाखको चिट्ठा परेको छ भन्दै ठगी गर्ने पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 2.9K
    SHARES

    चितवन । सामाजिक सञ्जाल इमोमा २५ लाखको चिट्ठा परेको भन्दै ठगी गर्ने २ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। सो गिरोहले सामाजिक सञ्जाल इमो प्रयोग गरि २५ लाखको चिठ्ठा परेको र प्रहरी तथा अन्य मानिसलाई जानकारी गराएमा तपाईको पैसा सवै वदर हुन्छ भन्दै प्रलोभनमा पार्दै आएको खुलेको छ ।

    घटना बारे सुचना पाएपछि प्रहरी नायव उपरिक्षक (डिएसपी) रविन कार्कीको नेतृत्वमा खटिएको टोलीले मोरङ विराटनगर महानगरपालिका वडा नं ११ वस्ने २७ बर्षीय साहिल हुसेन अन्सारी र सोही स्थानका वडा नं ९ वस्ने २७ बर्षीय कामेश्वर स्वर्णकारलाई पक्राउ गरेको हो।



    गत असोज ४ गते दिउसो  कालिका नगरपालिका ४ चितवन कि ४४ बर्षीय सिता थपलियालाई इमोमा सम्पर्क गरि सो गिरोहले चिट्ठा परेको बताएको थियो। थपलियालाई फोन गरी आज तपाईको चिट्ठा वातपको पैसा पच्चीस लाख पाउनु हुन्छ, सो रुपैया प्राप्त गर्नको लागी तपाईले केही पैसा कर तिर्न पर्छ भन्दै पहिलो पटक ५५ हजार, दोश्रो पटक ४५ हजार आइएमई मार्फत मोरङमा पठाउन लगाएको अनुसन्धानबाट खुलेको छ।



    सोही दिन पच्चीस लाख प्राप्त गर्न १ लाख कर लाग्ने भन्दै मागेको र पटक पटक विभिन्न बहानामा २ लाख ८० हजार रकम ठगी गरेको थाहा पाए पछि पीडित प्रहरी सम्पर्कमा पुगेकी थिइन।

    पक्राउ परेका दुवैलाई ईलाका प्रहरी रत्ननगर टाँडी ल्याई चितवन जिल्ला अदालतवाट  ७ दिनको म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी रत्ननगर टाँडीका डिएसपी रविन कार्कीले बताए । सामाजिक सञ्जालमा यस्ता मिथ्या प्रलोभनमा नपर्न र केहि सुचना भए प्रहरीलाइ खबर गर्न डिएसपी कार्कीले आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार