Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ११ सय ७२ जनामा काेराेना संक्रमण, १८ सय ९३ जना डिस्चार्ज, ७ जनाकाे मृत्यु

    ११ सय ७२ जनामा काेराेना संक्रमण, १८ सय ९३ जना डिस्चार्ज, ७ जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा बुधबार थप १ हजार १७२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    बुधबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १७२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।



    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६७ हजार ८०४ पुगेको मन्त्रालयले जनाएकाे छ ।



    यस्तै बितेको २४ घण्टामा १ हजार ८९३ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ४९ हजार ९५४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४३६ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार