Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ९ किलो ८२ ग्राम अफिमसहित दुई महिला पक्राउ

    ९ किलो ८२ ग्राम अफिमसहित दुई महिला पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 3.9K
    SHARES

    रोल्पा । रोल्पा प्रहरीले ९ किलो ८२ ग्राम लागुऔषध अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ लागुऔषधसहित दुई महिला पक्राउ गरेको जानकारी आज दिएको हो ।



    लागुऔषध अफिम ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी निरीक्षक शङ्कर खड्का नेतृत्वको टोलीले लागुऔषधसहित ती महिलालाई पक्राउ गरेको थियो ।



    पक्राउ पर्नेमा थवाङ गाउँपालिका–­२ ठूलो गाउँ बस्ने वर्ष ३६ की बिनज्योति रोका र ४५ वर्षीया मुली झाँक्री रहेको प्रहरीले जनाएको छ ।

    बिनज्योतीले बोकी ल्याएको झोलाभित्र प्लास्टिकको पोकाभित्र बाँधेको अवस्थामा चार किलो ९३५ ग्राम अफिमसहित एक थान तराजु, विभिन्न दरका भारतीय सिक्का र पाँच ग्रामको फलामको ढक फेला परेको थियो भने मुलीले बोकेको झोलाबाट चार किलो ८८५ ग्राम अफिम फेला परेको प्रनि खड्काले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार