Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भोलिबाट देशभरका फुटसल सञ्चालन गर्ने व्यवसायीहरुको घोषणा

    भोलिबाट देशभरका फुटसल सञ्चालन गर्ने व्यवसायीहरुको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल फुटसल व्यवसायी संघले भोलिदेखि देशभर फुटसल नियमित सञ्चालन गर्ने घोषणा गरेको छ ।

    फुटसल व्यवसायी संघको मंगलबार बसेको बैठकले कोरोना महामारिका कारण ६ महिनादेखि बन्द रहेको फुटसल कोर्टहरु बुधबारदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।



    नेपालभर निजी क्षेत्रबाट सञ्चालनमा रहेको फुटसल कोर्ट ६ महिनादेखि बन्द रहेको हुँदा चरम आर्थिक संकटमा रहेको संघले जनाएको छ ।



    संघले नागरिकको मानसिक, शारीरिक, स्वास्थ्य र मनोरन्जन कायम गराउने अभिप्रायले अरबौ खर्च गरी देशभर फुटसल सञ्चालनमा रहेको जनाउँदै पछिल्लो पटक लकडाउनले गर्दा व्यवसायीहरु चरम आर्थिक मारमा परेको संघले जनाएको छ ।

    पछिल्लो समय नेपालमा पनि लकडाउन खुकुलो भएसँगै अति भिडभाड हुने विभिन्न व्यवसायिक क्षेत्रहरु खुकुलो भएको अवस्थामा फुटसल व्यवसायीहरुको छाता संगठन नेपाल फुटसल व्यवसायी संघले जिल्ला प्रशासन कार्यलयमार्फत सावधानी अपनाइ फुटसल खोल्नको अनुमतिको लागि ज्ञापनपत्र बुझाएको थियो । तर त्यसमा सरकार उदासिन रहेका संघको भनाइ छ ।

    फुटसल व्यवसायी संघ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डअनुसार अन्य व्यवासयिक क्षेत्रभन्दा धेरै सुरक्षित तरिकाले फुटसल सञ्चालन गर्न सकिने विज्ञप्तिमार्फत जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार