Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सामूहिक बलात्कारका २ अभियुक्तसहित फरार रहेका ५ जना पक्राउ

    सामूहिक बलात्कारका २ अभियुक्तसहित फरार रहेका ५ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 3.1K
    SHARES

    सांकेतिक तस्विर

    इलाम । जिल्ला प्रहरी कार्यालय इलामले पाँच जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

    पक्राउ गरिएकामध्ये २ जना सामूहिक बलात्कार मुद्दाका छन् । उनीहरु चुलाचुली गाउँपालिका घर भएका ३० वर्षीय मिलन राई उर्फ अनिश र ३१ वर्षीय जित कुमार राई रहेकाे प्रहरीले जनाएकाे छ ।



    २०६४ मा झापा साधुहोली जंगलमा महिलालाई सामूहिक बलात्कार गरेका मिलन र जित कुमारलाई २०६७ मा अदालतले ११ बर्ष १ महिना कैद हुने फैसला गरेको थियो । घटनामा संलग्न अर्का एकजना अझै फरार छन् ।



    सामूहिक बलात्कारमा संलग्न दुई जनासहित ५ फरार अभियुक्तलाई पक्राउ गरेर अदालतको आदेशले थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका एसपी नवीनराज राईले बताए । पक्राउ पर्नेमा सुर्योदय नगरपालिका घर भएका सन्तोष बस्नेत, हर्कबहादुर लिम्बु र माइजोगमाई गाउँपालिका घर भएका विष्णु कुमार राई छन् ।

    ३२ वर्षीय सन्तोष ठगी मुद्दाका फरार प्रतिवादी हुन् । उनलाई अदालतले २ बर्ष कैद र २० हजार जरिवाना हुने फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दामा माइजोगमाई गाउँपालिका–२ घर भएका विष्णु कुमार राईलाई अदालतले ५ महिना ६ दिन कैद सजाय हुने फैसला गरेको छ ।

    त्यस्तै, हातहतियार खरखजना मुद्दाका फरार सुर्योदय नगरपालिकाका ४४ वर्षीय हर्क बहादुर लिम्बुलाई ३ महिना कैद र ५ हजार जरिवाना हुने फैसला गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार