Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल टेलिकमको तार चोर्ने चार जना पक्राउ

    नेपाल टेलिकमको तार चोर्ने चार जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 2.9K
    SHARES

    विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले नेपाल टेलिकमको तार चोर्ने चार जनालाई पक्राउ गरेकाे छ ।

    मोरङ प्रहरीले सोमबार विराटनगर महानगरपालिका-४ स्थित जामुनगाछीबाट ४ जनालाई पक्राउ गरेको हो। विराटनगरको टेलिकमले गत बिहीबार विभिन्न स्थानहरूबाट तार चोरी भएको भन्ने उजुरी दिएको थियो।



    सोही सम्बन्धमा अनुसन्धान गर्ने क्रममा वडा नम्बर ६ बस्ने २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रविन सहनी र १९ वर्षीय सुमित सहनीलाई प्रहरीले पक्राउ गरेको हो।



    उनीहरूबाट प्रहरीले १५० पेयर र २२० मिटर केबल तार बरामद गरेको हो। उनीहरू चढेको को ९ प ४१५८ नम्बरको यामाहा कम्पनीको मोटरसाईकल पनि नियन्त्रणमा लिइएको छ। ‍थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार