Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काठमाडौंमा ५३८ सहित उपत्यकामा थपिए ६७४ काेराेना संक्रमित, थप ६ जनाकाे मृत्यु

    काठमाडौंमा ५३८ सहित उपत्यकामा थपिए ६७४ काेराेना संक्रमित, थप ६ जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ५ असोज २०७७
  • 2.4K
    SHARES

    तस्विर गुगल

    काठमाडाैं । काठमाडौं उपत्यकामा सोमबार थप ६७४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उपत्यकाको काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनामा संक्रमण देखिएको छ ।



    यस्तै देशभर सोमबार ११ सय ५४ जनामा संक्रमण पुष्टि भएकाे छ ।  काठमाडौं उपत्यकामा संक्रमण पुष्टि भएको संख्या देशभरको तुलनामा आधाभन्दा बढी हो ।



    पछिल्लाे समय काठमाडाैं उपत्यकामा काेराेना भाइरसकाे संक्रमण जाेखिम बढीरहेकाे छ । साेमबार मात्रै काठमाडाैं उपत्यकामा छ जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । यस्तै देशभर थप १६ जनाकाे मृत्यु भएकाे छ।

    याेसँगै देशभर काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४२७ पुगेकाे छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार