काठमाडाैं । काठमाडौं उपत्यकामा सोमबार थप ६७४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उपत्यकाको काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनामा संक्रमण देखिएको छ ।
यस्तै देशभर सोमबार ११ सय ५४ जनामा संक्रमण पुष्टि भएकाे छ । काठमाडौं उपत्यकामा संक्रमण पुष्टि भएको संख्या देशभरको तुलनामा आधाभन्दा बढी हो ।
पछिल्लाे समय काठमाडाैं उपत्यकामा काेराेना भाइरसकाे संक्रमण जाेखिम बढीरहेकाे छ । साेमबार मात्रै काठमाडाैं उपत्यकामा छ जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । यस्तै देशभर थप १६ जनाकाे मृत्यु भएकाे छ।
याेसँगै देशभर काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४२७ पुगेकाे छ ।
Leave a Reply