Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चितवन मेडिकल कलेजमा कोरोना संक्रमित बिरामीको मृत्‍यु

    चितवन मेडिकल कलेजमा कोरोना संक्रमित बिरामीको मृत्‍यु

    अनलाइन नेपाल
  • आइतबार, ४ असोज २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    चितवन ।  चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना बिरामीको मृत्‍यु भएको छ। कालिका नगरपालिका–५ का ५५ वर्षीय पुरुषको आज बिहान निधन भएको छ ।

    कलेजले  एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो । विज्ञप्तिमा भदौं २६ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भई भर्ना भएका मृतकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।



    विज्ञप्तिमा सघन उपचार कक्षमा राखेर उपचार गर्दागर्दै चिकित्सक र नर्सहरुले बचाउन नसकेको उल्लेख गरिएको छ । मृतकमा उच्च रक्तचापको समस्या रहेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार