Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एकतावद्ध गरेर पार्टीलाई ठूलो बनाउने देउवाकाे अठोट

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउने प्रयास जारी रहेका बताएका छन् । साथै उनले पार्टीलाई ठूलो बनाएरै छोड्ने आफ्नो अठोट रहेको बताएका छन् ।

कांग्रेस महिला विभागले आइतबार गरेको भर्चुअल अन्तर्क्रियामा सभापति देउवाले अहिलेको अवस्थाभन्दा पार्टीलाई ठूलो बनाउन आफू लागिपरेको बताएका हुन्। ‘मेरो अठोट पार्टीलाई ठूलो पार्टी बनाएरै छोड्छु भन्ने छ,’ देउवाले भने।

उनले तत्कालीन नेकपा एमाले र एमाओवादी केन्द्र दुई पार्टी एक भएर चुनाव लडेको र कांग्रेस एउटा पार्टी दुइटाजस्तो भएर चुनाव लड्दा पार्टी दोस्रो हैसियतमा रहेको पनि बताए।

‘एमाले र माओवादी एक पार्टी भएर लड्यो । कांग्रेस एक पार्टी भएर पनि दुइटाजस्तो भएर लड्यो,’ उनले भने, ‘पार्टीलाई एकतावद्ध बनाउने प्रयास जारी नै छ।’

उनले नेतृहरूलाई गाउँगाउँ गएर संगठन विस्तार गर्न पनि आग्रह गरे । कांग्रेस महिलामैत्री पार्टी भएको र पार्टीमा ३३ प्रतिशत महिलालाई समावेश गरेको देउवाको दाबी थियो । ‘महिलाहरूबाट कांग्रेसलाई जति भोट आउनुपर्ने त्यो नआएको गुनासो सुनेको छु,’ उनले भने, ‘भोट बढाउनु पर्‍यो।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077