Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काठमाडाैं उपत्यकामा थपिए ७६७ काेराेना संक्रमित (जिल्लागत विवरणसहित)

    काठमाडाैं उपत्यकामा थपिए ७६७ काेराेना संक्रमित (जिल्लागत विवरणसहित)

    अनलाइन नेपाल
  • आइतबार, ४ असोज २०७७
  • 1.8K
    SHARES

    काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    संक्रमितमध्ये काठमाडौंमा ६०२ जना, भक्तपुरमा १०१ र ललितपुरमा जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    यस्तै उपत्यकासहित देशभर भने १ हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा दिएकाे जानकारी अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ ।



    तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना होम आइसोलेशनमा रहेका छन् । यस्तै हाल्सम्म कुल संक्रमितको संख्या ६४,१२२ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा जना ९६६ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ४६ हजार २३३ जना पुगेको छ । यसैबीच नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार