Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुदूरपश्चिम प्रदेशमा २५ जना काेराेना संक्रमित थपिए

    सुदूरपश्चिम प्रदेशमा २५ जना काेराेना संक्रमित थपिए

    अनलाइन नेपाल
  • शनिबार, ३ असोज २०७७
  • 2.5K
    SHARES

    कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ८ सय १७ पुगेको छ । शुक्रबार विभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या ८ सय १७ पुगेको हो ।

    सकृय संक्रमितमा अछाम ६६, बैतडी ६५, बझाङ्ग ५९, बाजुरा ९, डडेल्धुरा ९, दार्चुला ९, डोटी ११९, कैलाली ४३०, र कंचनपुर ५१ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।



    बितेको २४ घण्टामा गरिएको परिक्षणममा कैलालीका ६, अछाम १५, बैतडी २, बझाङ्ग १ र डोटीमा १ जनामा संक्रमण पुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार