Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गण्डकीमा थपिए १५ जना काेराेना संक्रमित

    गण्डकीमा थपिए १५ जना काेराेना संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, ३ असोज २०७७
  • 2K
    SHARES

    पाेखरा । गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

    प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ । थपिनेमा नवलपरासी (बर्दाघाट सुस्तापूर्व) का ११, पर्वतका दुई तथा स्याङ्जा र लमजुङका एकएक जना छन् ।



    पछिल्लो २४ घण्टामा ९२६ जनाको पिसिआर परीक्षण गरिएकामा ५६ जनाको कोरोना पुष्टि भएको तथा ७८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सो अवधिमा एकको मृत्यु, चार जना निको भएको तथा ८५ जनामा पुनः पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार