Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • स्वास्थ्य जोखिम न्यूनिकरणका लागि साझेदारीमा काम गर्न परराष्ट्रमन्त्रीको निर्देशन

    स्वास्थ्य जोखिम न्यूनिकरणका लागि साझेदारीमा काम गर्न परराष्ट्रमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 2.3K
    SHARES

    नवलपरासी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य जोखिम न्यूनिकरणका लागि प्रशासन र स्थानीय तह मिलेर काम गर्न निर्देशन दिएका छन् ।

    शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय, नवलपरासी पुगेका मन्त्री ज्ञवालीले सरकारले बिहीबारदेखि निषेधाज्ञा खुकुलो पारेकोले स्वास्थ्य जोखिम बढ्ने भन्दै त्यसविरुद्ध मिलेर काम गर्न निर्देशन दिएका हुन् ।



    ‘यातायात, होटल व्यवसाय सञ्‍चालन गर्दा स्वास्थ्य क्षेत्रमा जोखिम त बढ्छ नै,’ उनले भने, ‘यसको न्यूनिकरणका लागि नागरिकलाई सचेत पार्ने दायित्व सबैको हो ।’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत आनन्द शर्माले जिल्लाका समस्या के छ भनेर मन्त्रीले चासो राखेको जानकारी दिए ।



    मन्त्री ज्ञवालीसँग कावासोतीमा रहेको जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले आधा घन्टा भेट गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार