Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बलात्कारपछि किशोरीलाई आत्महत्या गर्न वाध्य बनाउने दुई अभियुक्त पक्राउ

राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले  १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार घटनाका दुई  अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी बलात्कारका आरोपी सुमनकुमार मण्डल र रञ्जित मण्डललाई बिहीबार राति नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

घटनापछि भारत गएर बसेका उनीहरूलाई भारतीय प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको हो । भागेर भारत गएर का उनीहरु बिहीबार राति नेपाली सीमा क्षेत्रमा आएको खबर पाएपपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाका अन्य दुई आरोपी विष्णु मण्डल र धर्म मण्डल अझै फरार छन् ।

भदौ २९ गते खेत जाँदै गरेकी डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी किशोरीलाई भदौ २९ गते चार जनाले बलात्कार गरेका थिए । घटनाबारे प्रहरीमा उजुरी नगर्न भन्दै स्थानीय पञ्चहरूले धम्क्याएपछि उनले सोमबार राति झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

प्रहरीले पञ्चहरूमध्ये जयकान्त मण्डल, सत्यनारायण मण्डल र वासुदेव मण्डललाई मंगलबार नै पक्राउ गरेको छ । रकम लेनदेनमा घटना सामसुम पार्न प्रयास गरेका उनीहरूले पञ्चहरूको भेला डाकी किशोरी र उनको परिवारलाई प्रहरीमा उजुरी गर्न नपाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077