Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चीनद्वारा गलवान भीडन्तमा आफ्ना सैनिक मारिएको ९४ दिनपछि स्वीकार !

    चीनद्वारा गलवान भीडन्तमा आफ्ना सैनिक मारिएको ९४ दिनपछि स्वीकार !

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 5.6K
    SHARES

    एजेन्सी। केही हप्ता अघि चिनियाँ सरकारले गलवान उपत्यकामा मारिएका सैनिकहरूको अन्तिम संस्कार गर्न इन्कार गरेको थियो। किनभने चीन विश्वलाई देखाउन चाहन्न कि उसका सिपाहीहरू मारिएका छैनन्।



    भारतीय मिडिया आजतकका अनुसार अब चिनियाँ सरकारले पहिलो पटक  जूनमा गलवान उपत्यकाको भिडन्तमा आफ्ना सैनिकहरू मारिएको स्वीकारेको छ। चिनियाँ अखबार ग्लोबल टाइम्सका सम्पादकले गलवान उपत्यकामा चिनियाँ सेनाको क्षति भएको स्वीकार गरेको छ।



    केही सिपाहीहरूले आफ्नो ज्यान गुमाए। ग्लोबल टाइम्सका सम्पादक-इन-चीफ हू झिजिनले रक्षामन्त्री राजनाथ सिंहको एक बयान ट्वीट  गर्दै भने, ‘ मलाई जहाँसम्म  थाहा छ गलवान उपत्यकामा चिनियाँ सेनामा मारिनेहरूको संख्या भारतमा २० भन्दा कम थियो। यो मात्र होइन, कुनै चिनियाँ सैनिकलाई भारतले बन्दी बनाएन, तर चीनले भारतीय सैनिकहरूलाई पक्राउ गरेको थियो। हामी तपाईंलाई बताउँछौं कि ग्लोबल टाइम्स चीनको पीपुल्स डेली अफ चाइनीजको अंग्रेजी अखबार हो, जुन चिनियाँ कम्युनिष्ट पार्टी, चीनको सत्ताधारी पार्टीको प्रकाशन हो।’

    रक्षामन्त्री राजनाथ सिंहले बिहीबार राज्य सभामा चीन सीमामा चलिरहेको तनावको बारेमा देशलाई जानकारी दिँदा चीनले यो कुरा स्वीकारेको छ।

    राजनाथ सिंहले  भारतले सबै नियम र सम्झौताको पालना गरिरहेको छ तर चीनको तर्फबाट ती बारम्बार उल्लङ्घन भएको वताएका थिए।

    केही हप्ता अघि चिनियाँ सरकारले गलवान उपत्यकामा मारिएका चिनियाँ सैनिकहरूको परिवारलाई उनको दाह संस्कार नगर्न र कुनै निजी समारोह नगर्न भनिएको थियो।

    चीनमा रहेका अमेरिकी गुप्तचर स्रोतहरूले यो जानकारी दिएका छन्। गुप्तचर स्रोतका अनुसार चिनियाँ नागरिक मामिला मन्त्रालयले गलवान उपत्यकामा मारिएका चिनियाँ सैनिकहरूको परिवारलाई दाहसंस्कारको परम्परागत विधि बिर्सिन आग्रह गरेको छ।

    यदि गलवान उपत्यकामा मारिएका चिनियाँ सैनिकहरूको सूचना चीन वा अन्तर्राष्ट्रिय सोशल मीडियामा फैलियो भने जनमुक्ति सेनाप्रति नकरात्मक असार पर्छ । त्यसकारण तिनीहरू आफ्ना सिपाहीको अन्तिम संस्कारहरू लुकाउन चाहन्छन्।

    गार्डियनले जूनको अन्तिममा भारतीय सैनिकहरूको शहादत र उनको दाहसंस्कारका भिडियोहरू सोशल मिडियाबाट चीनका जनतासम्म पुग्न सकेको एक रिपोर्ट लेखेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार