Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

शंकास्पद मृत्युमा कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता गर्न कांग्रेसकाे आग्रह

काठमाडौं । नेपाली कांग्रेसले काेराेना जस्तै लक्षण देखिएर मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार शंकास्पद मृत्युमा शव व्यवस्थापन गर्दा सबै मापदण्ड पालना गर्नुपर्ने, नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने तर शवबाट स्वाब निकालेर पीसीआर टेष्ट नगर्ने निर्णय गरेको थियो ।

यो निर्णय जनश्वास्थ्यको दृष्टिकोणमा गलत भएको जनस्वास्थ्य विज्ञहरुले समेत बताएका छन् । कांग्रेसले पनि यो निर्णय गलत भएको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, कसैलाई संक्रमण छ र छैन व्यापक परीक्षण गर्नु र अन्यमा सर्न नदिन सम्पूर्ण सतर्कता राख्नु राज्यको प्रथम दायित्व हो । तर कयौंले जीवित छँदै आफ्नो स्थितिबारे पूर्व सूचना पाएनन्, मृत्यु पश्चात कोरोना पुष्टि भएको कयौं विवरण सार्वजनिक भए ।’

मृत्युपछि मात्रै पीसीआर भनेर भएका आलोचना अन्त्य गर्न सरकारको परीक्षण नै नगर्ने निर्णय गरेको हुनसक्ने कांग्रेसको आशंका छ । ‘अहिले आलोचनाबाट जोगिने होइन, कोरोनाबाट नागरिकलाई जोगाउने रणनीति विकासमा आफूभित्र योग्यता र सक्षमताको खोजी गर्न जरुरी हुन्छ,’ उनले भनेका छन्, ‘शंकास्पद मृत्युमा कोरोना परीक्षण नगर्ने निर्णय गरिरहँदा त्यससँग गाँसिएका गम्भीर सैद्धान्तिक र व्यवहारिक प्रश्न नजरअन्दाज नगर्न हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077