Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ४ वटा अस्पतालले भर्ना लिन नमान्दा कोरोना संक्रमितको मृत्यु

    ४ वटा अस्पतालले भर्ना लिन नमान्दा कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    रुपन्देही । रूपन्देहीका ४ वटा अस्पतालले भर्ना नलिएपछि पाल्पाका एक कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । तानसेन नगरपालिका–७ का ५२ वर्षीय कोरोना संक्रमित एक पुरुषलाई बुटवल र भैरहवा अस्पतालले भर्ना लिन नमानेपछि उनको मृत्यु भएको हाे ।

    उनलाई केहीदिन अघि बुटवल र भैरहवाका ४ वटा अस्पतालमा पुर्याइएको थियो । ४ वटै अस्पतालले भर्ना नलिएपछि पाल्पा फर्काएको ३ दिनपछि उनको मृत्यु भएको हो ।



    अस्पतालले भर्ना नलिएपछि उनलाई तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको वृद्धाश्रम आइसोलेसन सेन्टरमा राखिएको थियो । उनकाे आज मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।



    भदौ २६ गते मिसन अस्पतालमा भर्ना भएका थिए । कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाव परीक्षण गर्दा २९ गते कोरोना पोजेटिभ देखिएकाे थियो ।

    कलेजोमा समेत समस्या भएका पुरुषलाई मिसन अस्पतालले ३० गते बुटवलको कोरोना प्रदेशिक अस्पतालमा रिफर गरेको थियो । तर उनलाई बुटवल र भैरहवा सुविधा सम्पन अस्पतालहरुले भर्ना लिन नमाने पछि पाल्पा फर्काएर वृद्धाश्रम आइसोलेसन सेन्टरमा राखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार