Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काेराेनाबाट काठमाडाैंका १ पुरूषसहित ४ जनाकाे मृत्यु, मृतककाे संख्या ३८३ पुग्याे

    काेराेनाबाट काठमाडाैंका १ पुरूषसहित ४ जनाकाे मृत्यु, मृतककाे संख्या ३८३ पुग्याे

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 2.2K
    SHARES

    काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप ४ जनाकाे मृत्यु भएकाे छ । पछिल्लाे २४ घण्टाभित्र थप ४ जनाकाे काेराेना भाइरस संक्रमणबाट मृत्यु भएसँगै मृतककाे संख्या ३८३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    स्वास्थ्य मन्त्रालयकाे पछिल्लाे तथ्यांक अनुसार मृत्यु हुनेमा ३ जना महिला र १ जना पुरूष रहेका छन् । माेरङकी ६४ वर्षीय महिला, चितवनकी ३६ वर्षीय महिला र कैलालीकी ५७ वर्षीय महिलाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।



    यस्तै काठमाडाैंका ८७ वर्षीय पुरूषकाे पनि पछिल्लाे २४ घण्टाभित्र काेराेना संक्रमणबाट मृत्यु भएकाे मन्त्रालयले जनाकारी दिएकाे छ ।



     

    यस्तै नेपालमा बिहीबार थप १ हजार २४६ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    बिहीबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार २४६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार