Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसमा भारत समर्थक नेताहरूको समुह बलियो, निधि भारतको पहिलो रोजाइ

काठमाडौं । विमलेन्द्र निधि, प्रदीप गिरी, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, डा.मीनेन्द्र रिजाललगायतका प्रभावशाली नेताहरू नै नयाँ टिम खडा गरेर कांग्रेसको १४औँ महाधिवेशनमा जाने तयारी गरेपछि 'समीकरण चेञ्ज' हुने देखिएको छ ।

यी नेताहरूलाई भारतसँग निकट रहेको आरोप लाग्दै आएको छ । कांग्रेसभित्र निधिसहितका नेताहरूको यो टिमलाई भारतले उचालेको भनेर आरोप लाग्न थालेको छ ।

अरुभन्दा यो समूह अलिक बलियो पनि देखिएको छ । जीत-हारको कुरा निर्वाचनबाटै थाहा हुनेछ । यो समुहमा रहेका कृष्णप्रसाद सिटौला त भारतकै स्वार्थमा बिगतदेखी गोटी नै बनेर चल्दै आएका छन् ।

तर,अन्तिम समयमा सिटौला नै देउवासँग आत्मसमर्पण गर्ने अवस्था देखिएका कारण भारतले निधीलाई बढी प्राथमिकतामा राखेको बुझिएको छ।

सभापति शेरबहादुर देउवालाई निधिसहितका नेताहरूले छाडे भने महामन्त्री डा.शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंहले साथ दिने अवस्था आउन सक्छ ।

तर, प्रकाशमान सिंहले सभापतिमा उम्मेदवार बन्ने घोषणा गरिसकेकाले देउवालाई उनको साथ नरहने अवस्था छ ।

निर्वाचनमा तीन वटा सभापतिका उम्मेदवार देखिएका छन् । देउवा, सिंह र निधि उम्मेदवार बने भने देउवा नै बलियो हुनेछन् । पहिलो चरणम कसैको पनि जीत-हार हुनेछैन । दोस्रो चरणमा देउवाले आफ्नो पल्लाभारि बनाउनेछन् ।

कांग्रेसको महाधिवेशन एक वर्षभन्दा अगाडि हुने कुनै सम्भावना छैन । कोरोना महामारीका कारण महाधिवेशन फागुनमा कुनै पनि हालतमा हुनेछैन । महाधिवेशन सबैभन्दा धेरै रामचन्द्र पौडेललाई चाहिएको छ । महामारीका बेला पौडेलले कसरी महाधिवेशन गर्ने हुन् ? अचम्मको कुरा छ ।

पौडेलको अनामनगरको सम्पर्क कार्यालयमा किरा लाग्न थालिसकेको छ । कोरोनाको डरले आफ्नो सम्पर्क कार्यालयमा आउन नसक्ने वरिष्ठ नेता पौडेलले कसरी १४औँ महाधिवेशन फागुनमा गर्ने हुन ?  अचम्मको विषय बनेको छ ।

महामन्त्री डा.शशांक कोइराला पनि सभापतिको उम्मेदवार भन्ने गरेका छन् । वीपी छोरो भएकै कारण डा.शशांकलाई केही मतदाताले भोट दिए पनि जित्ने सम्भावना नरहेको वताइन्छ।

अहिलेसम्म कांग्रेसमा कुनै उल्लेखनिय काम गर्न नसकेका  डा.शशांक कोइरालाले सभापति चलाउँछन् भन्ने विश्वास कसैलाई पनि छन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077