Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • निगमले डिजेल र मटितेलको मूल्य घटायाे

    निगमले डिजेल र मटितेलको मूल्य घटायाे

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

    इन्डियन आयल कर्पोरेशनले भदौ ३१ मा पठाएको मूल्यअनुसार डिजेल र मटितेलको मूल्य घटाइएको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।



    ‘राति १२ बजेदेखि डिजेल र मटितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेका छौं,’ निगमका प्रवक्ता उपाध्यायले भने, ‘नयाँ मूल्यअनसार डिजेल र मटितेलको प्रतिलिटर मूल्य ९०/९० रुपैयाँ कायम गरिएको छ ।’



    निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार