Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कांग्रेसकाे आरोप: प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक निकायमा पदाधिकारी नियुक्ति भएन

    कांग्रेसकाे आरोप: प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक निकायमा पदाधिकारी नियुक्ति भएन

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 1.5K
    SHARES

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक निकायमा पदाधिकारी नियुक्ति हुन सकेकाे छैन। कांग्रेसले रिक्त रहेका संवैधानिक पदमा नियुक्ति हुन नसकेकाे सत्तारूढ दल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लगाएको छ ।

    प्रधानमन्त्रीले गर्नुपर्ने कामहरुलाई आफ्नो प्राथमिकतामा नराखेर गर्न नहुने कामहरुमा क्रियाशीलता बढाएको कांग्रेसको आरोप छ ।लामो समयसम्म रिक्त रहेको संवैधानिक आयोगका पदहरु पूर्तिका लागि ध्यान दिन नसक्नु सरकार र प्रधानमन्त्रीको कमजोरी भएकाले यसको अपजस प्रतिपक्षीलाई दिन नहुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।



    बुधबार प्रवक्ता शर्माले कामहरुको जस सरकारले लिन खोज्नु स्वाभाविक भए पनि काममा ढिलासुस्ती, गर्न नसकेका/नगरेका कामहरुमा प्रतिपक्षीलाई दोषी देखाउने प्रवृत्ति प्रधानमन्त्री ओलीमा रहेको बताए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार