Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • यूएईमा चिनियाँ खोपको आपतकालिन प्रयोगका लागि अनुमति

    यूएईमा चिनियाँ खोपको आपतकालिन प्रयोगका लागि अनुमति

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 3.1K
    SHARES

    एजेन्सी । युनाइटेड अरब एमिरेट्स (यूएई) ले कोरोनाभाइरसको खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । आफ्नो देशमा मानिसमाथि परीक्षण सुरु गरेको ६ हप्तापछि यूएईले सो अनुमति दिएको हो ।

    चीनको सरकारी स्वामित्वमा रहेको औषधि निर्माता कम्पनी सिनोफामले निर्माण गरेको खोपको तेस्रो चरणको परीक्षण यूएईमा गत जुलाईमा सुरु भएको थियो । यो परीक्षण अझै पूरा हुन बाँकी रहेको छ । यूएईमा कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि यो निर्णय लिइएको हो । शनिबार हालसम्मकै सर्वाधिक १ हजार ७ जनामा संक्रमण देखिएको थियो ।



    ३१ हजार स्वयम्सेवकमा खोपको परीक्षण गरेपछि उक्त खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको यूएईले जनाएको छ ।खोप लगाएपछि स्वयम्सेवकहरुमा मध्यम खाले साइड इफेक्टमात्र देखिएको र दीर्घरोग भएका १ हजार जनालाई खोप दिँदा पनि गम्भीर साइड इफेक्ट नदेखिएको यूएईको भनाइ छ ।



    सिनोफार्मले गत जुनमा तेस्रो चरणको परीक्षणको लागि अनुमित पाएएको थियो । पहिलो दोस्रो चरणको क्लिनिकल परीक्षणमा २८ दिनमा खोपको दुई डोज दिएपछि स्वयम्सेवकहरुको शरीरमा एन्टीबडी निर्माण भएको पाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार