Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बहराइनका राजकुमारको टोली नेपालमा, लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने

    बहराइनका राजकुमारको टोली नेपालमा, लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौँ । बहराइनबाट त्यहाँको राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली काठमाडौं आइपुगेको छ । उक्त टाेली खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्न आएकाे हाे ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली ल्याएको उक्त विमान बुधबार बिहान ११ बजे काठमाडौं अवतरण गरेको थियो । यो टोलीलाई परराष्ट्रका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।



    यो आरोहणको जिम्मा लिने सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्‍मा शेर्पाका अनुसार, राजकुमार खलिफाको टोली ल्याएर आएको विमान एभ्रो विमान बुधबार नै बहराइन फर्किने छ ।



    शेर्पाका अनुसार, यो टोली ६ दिन गोकर्ण फरेस्ट रिसोर्टको होटल क्वारेन्टाइनमा बस्ने छन । त्यसपछि यी १८ जना काठमाडौंबाट लुक्लासम्म हेलिकप्टर र जहाजबाट जानेछन् । त्यहाँबाट लोबुचे हिमालको आधार शिविरसम्म पदायात्रा गर्नेछन् ।

    बहराइनस्थित नेपाली दूतावासका अनुसार, यो टोली बहराइनको शेख ईशा एयरबेसबाट राति साढे १२ बजे विशेष विमानबाट नेपालका लागि प्रस्थान गरेको थियो । दूतावासका अनुसार, यो टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी र तीन जना बेलायती नागरिक छन् । पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीका अनुसार, यो टोलीले करिब २ महिना नेपाल बिताउने छ ।

    कोभिड–१९ पछि लकडाउन कारण संसारभरको पर्यटन बजार ध्वस्त छ । यो महामारीबाट नेपालको पर्यटन बजार पनि शून्यमा झरेको छ । तर, यसैबीच नेपालका लागि याे भने राम्राे खबर रहेकाे छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार