Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • प्रहरी र सञ्चारकर्मीसहित थप पाँच जनामा कोरोना पुष्टि

    प्रहरी र सञ्चारकर्मीसहित थप पाँच जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 1.8K
    SHARES

    पाेखरा । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    निर्देशनालयका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका– १३ घर भई हाल पोखरा महानगरपालिका–४ गैह्रापाटन बस्ने ३८ वर्षीय पुरुष सञ्चारकर्मीलाई सङ्क्रमण पुष्टि भएको हो ।



    त्यसैगरी पोखरा–६ मा दुई पर्यटक प्रहरीसमेत सङ्क्रमित भएका छन् भने तनहुँ र नवलपरासीमा एक÷एक जना थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार १७१ पुगेको निर्देशनालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार